सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई अर्ब ७९ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंकको गिरावट, दुई अर्ब ७९ करोडकाे काराेबार



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा पुगेर रोकिएको छ । त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स २.४२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८४ अंक घटेको छ।

आज कारोबारमा आएका ३१४ कम्पनीका ७२ लाख २३ हजार कित्ता सेयर खरिद बिक्रिबाट दुई अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैंया बराबरको कारोबार भएको छ ।

आज गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने कारोबारमा आएका मध्ये माछापुच्छ्रे बैंकको ऋणपत्रको सेयर मूल्य सर्वाधिक बढेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावरको सर्वाधिक १७ करोड ७३ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सीवाईसी नेपाल लघुवित्तको सात करोड ७० लाख, तथा सानिमा माई हाइड्रोको छ करोड ९१ लाखको कारोबार भएको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार १५:२८