कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा, न्यूनतम मूल्य कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको संस्थापक सेयर लिलामी बिक्रीमा, न्यूनतम मूल्य कति ?



काठमाडौं । कुमारी बैंक लिमिटेडले चार लाख ५० हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर लिलाम बिक्रीमा राखेको हो ।

यसमा प्रतिकित्ता १०६ रुपैयाँ मूल्य नघट्नेगरी जोकोही सर्वसाधारण तथा संस्थाहरुले यसमा आवेदन दिन सक्नेछन् ।

वैशाख ११ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिने बिक्री प्रवन्धक कुमारी क्यापिटलले जनाएको छ । क्यापिटलको नक्साल कार्यालयबाट फारम लिएर गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सकिनेछ । सोही स्थानमा बुझाउन सकिनेछ । न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।

आवेदनका साथ गुड फर पेमेन्ट चेक वा क्यापिटलका नाममा रकम भुक्तानीको भौचर समावेश हुनुपर्नेछ । शिलबन्दी बोलपत्र वैशाख १२ गते खोलिने क्यापिटलले जनाएको छ ।

प्रकाशित : ३ बैशाख २०८१, सोमबार ११:३८