अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर लिलाम बिक्री गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

अरुण भ्याली हाइड्रोपावरले हकप्रद सेयर लिलाम बिक्री गर्दै



काठमाडौं । अरुण भ्याली हाइड्रोपावरले नबिकेका हकप्रद सेयर लिलाम बिक्रि गर्ने भएको छ। कम्पनीले एक बराबर एक अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन नपरेपछि सेयर लिलाम बिक्री गर्न लागेको हो।

हाइड्रोपावरले वैशाख १० गतेदेखि १९ लाख ९२ हजार १३४ कित्ता सेयर लिलामीमा बिक्री खुला गर्न लागेको हो।

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

आवेदन दिने अन्तिम म्याद वैशाख २४ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ ।

प्रकाशित : 15 April, 2024 11:01 am