सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम पनि घट्याे



काठमाडौं । वि.सं.२०८१ को पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.१९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०७ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ। अघिल्लो कारोबार दिन करिब साढे तीन अर्बको सेयर खरिदबिक्री भएको बजारमा आज ३२० कम्पनीको तीन अर्ब छ करोड ३७ लाख रुपैयाँ बराबरको ७७ लाख ९५ हजार कित्ता सेयर कारोबार भएको छ।

आज श्रीजनशील लघुवित्तको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज एनआईसी एशिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एण्ड जनसल कन्स्ट्रक्सनको सेयरमूल्य उच्च अंकले छ । त्यस्तै आज गुराँस लघुवित्त संस्थाको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २१ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : २ बैशाख २०८१, आईतवार १५:४०