यस्ता छन् मन्त्रिपरिषदको बैठकका चार निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

यस्ता छन् मन्त्रिपरिषदको बैठकका चार निर्णय



काठमाडौं । मन्त्रिपरिषदको बैठकले चार निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख २ गते आइतबार रातिबाट संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

यसैगरी, उक्त बैठकले राष्ट्रियसभाको सदस्य पदमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । यसैगरी, मन्त्रिपरिषदको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा दुवै आयोगका अध्यक्ष एवं सदस्य सिफारिस गर्न सिफारिस समिति गठन गरेको हो ।

समितिको सदस्य राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष वा आयोगले तोकेको सदस्य, सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा‍.अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य सिफारिस समितिमा छन् ।

साथै बैठकले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार १६:१०