सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सरकारले गर्‍यो सुन्तलालाई राष्ट्रिय फल घोषणा



काठमाडौं । सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरेको छ । शुक्रबार (२०८० साल चैत ३० गते) बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने निर्णय गरेको हो ।

उत्पादन बढाउन सघाउ पुग्ने उद्देश्यले सुन्तललाई राष्ट्रिय फल घोषणा गरिएको सरकारी प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।

सुन्तला नेपालको रैथाने फलफूल हो । नेपालमा सुन्तला उत्पादनका केही प्रसिद्ध पकेट क्षेत्रहरू छन् । नेकपा एमालेले केही महिना अगाडी सम्पन्न गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित ‘झुलाघाट–चिवाभन्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’का क्रममा विभिन्न क्षेत्रका स्थानीयहरुले सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न माग गरेका थिए । एमालेको उक्त यात्रा पश्चात नागरिक स्तरबाट पनि सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न आवाज उठेको थियो ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार १६:००