सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सागर डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा



काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १५ गते विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।

उक्त सभामा प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्ने र कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६(१) (ख)संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

कम्पनीले जारी पुँजीको १५ प्रतिशतले हुने ७ लाख ५० हजार कित्ता सेयर जारी गर्ने तयारी गरेको छ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार १३:२३