सीइडीबी हाइड्रोपावरको ‘लक इन’ अवधि अब कहिले सकिँदै छ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रकाशित मिति २०८० चैत

अर्थबजार स्टोरी

सीइडीबी हाइड्रोपावरको ‘लक इन’ अवधि अब कहिले सकिँदै छ ?



काठमाडौं । सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको संस्थापक सेयर र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आगामी वैशाख ३० गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई २०७८ वैशाख ३१ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीको ५८ लाख ७५ हजार ८७० कित्ता संस्थापक सेयर र ५० हजार ३६५ कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

प्रकाशित : ३० चैत्र २०८०, शुक्रबार १२:३६