टोयोटाले आगामी वैशाख ८ गते विमन्स मोटर र्‍याली आयोजना गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

टोयोटाले आगामी वैशाख ८ गते विमन्स मोटर र्‍याली आयोजना गर्ने



काठमाडौं । टोयोटा गाडीको आधिकारिक विक्रेता यूनाइटेड ट्रेडर्स सिन्डिकेटले ‘टोयोटा विमन्स मोटर र्‍याली २०२४’ वैशाख ८ गते आयोजना गर्ने भएको छ । सो र्‍यालीको उद्देश्य अटोमोटिभ क्षेत्रका महिलाहरू माझ साहसिक भावनाको प्रवर्द्धन गर्नु रहेको रहेको कम्पनीले जनाएको छ ।

२० वर्षअघिदेखि शुरू भएको र्‍याली मोटर स्पोर्टस्‌को क्षेत्रमा महिलाहरूको क्षमता अभिवृद्धि गर्ने एउटा महत्त्वपूर्ण कार्यक्रम रहँदै आएको कम्पनीले जनाएको छ। र्‍यालीले महिलाहरूलाई सशक्तीकरण र प्रेरणादायी बन्दै परम्परागत घेराबाट माथि उठ्न सघाउने कम्पनीको विश्वास छ।

कम्पनीले र्‍यालीमा सबै क्षेत्रका महिलाले सहभागिता जनाउन सक्ने भन्दै सहभागिताका लागि आह्वान समेत गरेको छ। र्‍यालीमा कुनै पनि गाडी मार्फत सहभागिता जनाउन सकिने छ ।

यो र्‍याली मोटर स्पोर्ट्स अन्तर्गत पर्ने रेसिङ्ग विधाको टिडिएस र्‍याली हो । टाइम ९समय०, डिस्ट्यान्स ९दुरी०, र स्पीड ९गति० अर्थात टिडिएस र्‍याली अन्तर्गत गन्तब्यसम्म पुग्नका लागि विभिन्न चेक प्वाइन्टहरु निर्धारण गरी बाटोको प्रकृति हेरेर एभरेज स्पीड तय गरिएको हुनेछ र त्येही सबैलाई मध्यनजर गरि अन्त्यमा बिजेता घोसणा हुनेछ ।

यो र्‍यालीमा काठमाडौँको विभिन्न सहरहरु परिक्रमा हुनुको साथै संस्कृतिक सम्पदा हुदै गन्तब्यमा पुगी र्‍यालीको समापन हुनेछ ।

अन्त्यमा कम्पनीले बिजेताहरुलाई उचित पुरस्कार उपलब्द गराउनुको साथै र्‍याली समापन हुने ठाउमा सफल महिला उद्यमीलाई उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने उद्देश्य यस र्‍यालीमा कार्निवल आयोजना गरिनेछ ।

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार २१:११