अरुण भ्याली हाइड्रोको हकप्रद सेयर: बाँडफाँड, १९ लाख ९२ हजार कित्ता सेयर लिलाममा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अरुण भ्याली हाइड्रोको हकप्रद सेयर: बाँडफाँड, १९ लाख ९२ हजार कित्ता सेयर लिलाममा आउने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले निष्काशन गरेको हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले निष्काशन गरेको हकप्रद सेयर चैत्र २७ गते बाँडफाँड भएको हो ।

कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म हाल कायम चुक्ता पुंजीको १स्१ को अनुपातमा शत प्रतिशतले हुन आउने एक करोड ८६ लाख ७९ हजार छ सय २६ कित्ता सेयर निष्काशन गरेको थियो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा ३३ हजार सात सय १४ जनाले आवेदन दिएकोमा उनीहरुलाई कुल एक करोड ६६ लाख ८७ हजार चार सय ९२ कित्ता सेयर बाँडफाँड गरिएको छ । यस संगै बिक्री नभएको १९ लाख ९२ हजार एक सय ३४ कित्ता सेयर लिलाममा आउने छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार हकप्रदमा नपरेको रकम चैत्र ३० गते शुक्रबार देखि सम्बन्धित सेयरधनीको खातामा कनेक्ट आईपीएस मार्फत पठाइने छ । नेपाल धितोपत्र बोर्डले पुस १९ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो।

प्रकाशित : २९ चैत्र २०८०, बिहीबार १२:२५