२०८० सालको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२०८० सालको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट



काठमाडौं । २०८० सालको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज बजार १०.७१ अंकले घटेर परिसूचक २०२५.३० बिन्दु कायम भएको हो । 

सरकारले बिहीबार  सार्वजनिक बिदा दिने निर्णय गरेकोसँगै बजार अब २०८१ साल वैशाख २ गते मात्रै खुल्ने छ ।

आज बजारमा ३०८ कम्पनीको ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार ६४० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । बजारमा बैंकिङ समूहको ०.४२, विकास बैंक ५०.१४, वित्त ५१.८३, होटल ८७.१७, जलविद्युत १.०३, जीवन बिमा १३०.१८, माइक्रोफाइनान्स ४६.७१, निर्जीबन बिमा १११.५० अंकले घटेको छ ।

कारोबारमा मान्डु हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, गुँरास लघुवित्त, पिपुल्स पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कारोबारमा सिंगटी हाईड्रो, वन नेपाल लघुवित्त, मनकामना स्मार्ट लघुवित्तका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १२ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। 

प्रकाशित : २८ चैत्र २०८०, बुधबार १६:०४