सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०७९/८० का लागि प्रस्ताव गरेको १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।

चैत २९ गते इदको सार्वजनिक बिदा परेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

कम्पनीद्वारा प्रस्तावित लाभांश आगामी वैशाख १२ गते आयोजना हुन लागेको वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।

प्रकाशित : 10 April, 2024 10:55 am