ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज



काठमाडौं। ग्लोबल आईएमई बैंकको ऋणपत्रको सूचीकरण खारेज भएको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्सेमा) बैंकको ‘१०.२५ प्रतिशत ग्लोबल आइएमई लि डिबेन्चर २०८०/८१ ’को सूचीकरण चैत २२ गतेको निर्णयानुसार खारेज भएको हो ।

गतै चैत १८ गते बैंकबाट प्राप्त निवेदन बमोजिम बैंकले जारी गरेको ५ बर्षे अवधिको प्रति सेयर अंकित मूल्य एक हजार दरको एक अर्ब ५० करोड रुपैयाँबराबरको १५ लाख कित्ता ऋणपत्रको सूचीकरण खारेज भएको हो । सो ऋणपत्र चैत्र २७ गते परिपक्व भएकोले सूचीकरण खारेज भएको नेप्सेले जनाएको छ ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार १०:१४