समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्सको संयोजकमा रोशनकुमार अधिकारी



काठमाडौं । समस्याग्रस्त नेपाल सेयर मार्केट्स एन्ड फाइनान्स लिमिटेडको व्यवस्थापन समूहका संयोजकमा रोशनकुमार अधिकारी नियुक्त भएका छन् ।

त्यस्तै वैकल्पिक उमेदवारमा प्रकाश घिमिरे र गोविन्दप्रसाद शर्मा छनोट भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । छनोटमा परेका मुख्य उम्मेदवारले नियुक्तिका लागि २०८१ वैशाख २ गतेभित्र राष्ट्र बैंकमा सम्पर्क राख्न आह्वान गरेको छ ।

उक्त मितिभित्र सम्पर्कमा नआएमा योग्यताक्रम अनुसारका वैकल्पिक उम्मेदवारलाई नियुक्ति दिइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित : २८ चैत्र २०८०, बुधबार ०९:५७