सेयर बजारमा सुधार, ९.१९ अंकले बजार बढ्दा, चार अर्ब १४ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सुधार, ९.१९ अंकले बजार बढ्दा, चार अर्ब १४ करोडको कारोबार



काठमाडौं । मंगलबार नेप्से परिसूचक उकालो लागेको छ । आज बजार ९.१९ अंक बढेर २०३६.०१ विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.७५ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.६५अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३३ अंक बढेको छ।

आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब १४ करोड ३७ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य बढेको छ । आज बैंकिङ ३.४८, विकास बैंक २७.०४, वित्त ५६.२२, जलविद्युत १८.८७, जीबन बीमा ५०.८३, निर्जीबन १०५.३२, अन्यको ४०.५१ र ट्रेडिङ समूहको ११.०५ अंक बढेको छ । साथै होटल तथा पर्यटन ३५.८१,माइक्रोफाइनान्स ४६.७५ र उत्पादन तथा प्रशोधन १००.५३ अंक घटेको छ ।

मंगलबार नेपाल फाइनान्स, जानकी फाइनान्स र पोखरा फाइएनान्सको सेयरमूल्य सर्किट लेभलमा कारोबार भएको छ भने इमर्जीङ नेपाल र उन्नति सहकार्य लघुवित्तको पनि सेयर उच्च ंअंकले बढेको छ। यता विन नेपाल लघुवित्तको सेयरमूल्य भने आज सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा आज सुर्यज्योति लाइफ इन्स्योरेन्सको सबैभन्दा धेरै १८ करोड आठ लाख १० हजार रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा गोर्खाज फाइनान्सको १६ करोड पाँच लाख नौं हजार रुपैंया बराबरको कारोबार भएको छ ।

प्रकाशित : २७ चैत्र २०८०, मंगलवार १५:३७