आज सेयर बजार र बैंक–वित्तीय संस्था बन्द रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आज सेयर बजार र बैंक–वित्तीय संस्था बन्द रहने



काठमाडौं । आज सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिएसंगै सेयर बजार बन्द हुने भएको हो ।

केन्द्रीय राजधानी काठमाडौं रहेको र सेयर बजार सञ्चालक नेप्से कार्यालय पनि राजधानीमै सीमित भएकाले काठमाडौंमा सार्वजनिक विदा हुँदा देशभर सेयर कारोबार बन्द हुँदै आएको छ ।

अब सेयर बजार मंगलबार चैत २७ गते बिहान ११ बजे खुल्नेछ ।

प्रकाशित : २६ चैत्र २०८०, सोमबार १०:१५