नेप्सेमा दुई लाख कित्ता बढी बोनस सेयर सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा दुई लाख कित्ता बढी बोनस सेयर सूचिकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज आइतबार दुई लाख कित्ता बढी बोनस सेयर सूचिकृत भएको छ । आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको बोनस सेयर सूचिकृत भएको हो ।

आज मन्दाकिनी हाइड्रोपावर लिमिटेडको ४.७५ प्रतिशतले हुन आउने दुई लाख ७९ हजार ३ सय १७ दशमलव ५३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।

प्रकाशित : २५ चैत्र २०८०, आईतवार १७:१६