नेप्सेमा २२.७५ अंककाे वृद्धि, चार अर्ब २५ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा २२.७५ अंककाे वृद्धि, चार अर्ब २५ करोडकाे काराेबार



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज बजार २२.७५ अंक बढेर २०२६.८१ विन्दुमा पुगेर बन्द भएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.९७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.४२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ।

३११ कम्पनीको एक करोड १२ लाख १० हजार १०२ कित्ता सेयर चार अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रुपैयाँको सेयर किनबेच भएको छ।

कारोबारमा होटल तथा पर्यटन र टे«डिङ समूह बाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनीको प्रमोटर सेयर अग्रस्थानमा रहेको छ । कम्पनीको ९५ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २५ चैत्र २०८०, आईतवार १५:५९