सेयर बजारमा सामान्य गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । आज बजार २.७३ अंकले घटेर २००४.०५ सूचक कामय भएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१३ अंक घटेको छ। यस दिन फ्लोट इण्डेक्स भने स्थिर रहेको छ।

आज ३०२ कम्पनीको तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँ बराबरको ६९ लाख ६३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। यस फाइनान्सको आज २३ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

प्रकाशित : २२ चैत्र २०८०, बिहीबार १६:३३