रिडी पावरको हकप्रद सेयर बाँडफाँट, ११ लाख ३५ हजार कित्ता सेयर लिलामीमा आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रिडी पावरको हकप्रद सेयर बाँडफाँट, ११ लाख ३५ हजार कित्ता सेयर लिलामीमा आउने



काठमाडौँ । रिडी पावर कम्पनीले हकप्रद सेयर बाँडफाँट गरेको छ । कम्पनीले बिक्रीमा ल्याएको ५० प्रतिशत हकप्रद चैत २० गते बाँडफाँट गरेको हो ।

कम्पनीले ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ६६ लाख ८ हजार ८४९ कित्ताका लागि मात्र आवेदन परेको छ । यसर्थ बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर चैत २९ गतेदेखि लिलामीमा बिक्री खुला गर्नेछ।

अब कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । जसमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ ।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

लिलामी सेयरमा आवेदन दिन मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन पाइने छ ।

प्रकाशित : २२ चैत्र २०८०, बिहीबार १२:५४