सेयर बजारमा सामान्य गिरावट, दुई अर्ब ५३ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य गिरावट, दुई अर्ब ५३ करोडकाे काराेबार



काठमाडौं । सेयर बजार बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । आज बजार ३.४३ अंक घटेर २००६.७८ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.४३ अंक र फ्लोट इण्डेक्स ०.१६ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

आज ३२२ कम्पनीको दुई अर्ब ५३ करोड ६२ लाख रुपैयाँ बराबरको ६४ लाख ८१ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबार रकमका आधारमा आज सूर्यज्योति लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २५ करोड ८० लाख ५९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

त्यस्तै, आज गुराँस लघुवित्त, विन नेपाल लघुवित्त र मानुषि लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ भने रिभर फल्स पावर लिमिटेड र मन्दकिनी हाइड्रोपावरको सेयरमुल्य सर्वाधिक घटेको छ ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार १५:४१