सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सर्वोत्तम सिमेन्टले १५ प्रतिशत नगद दिने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यो प्रस्तावलाई अब आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । साथै, कम्पनीले लाभांश वितरणसहितका एजेन्डाहरु पारित गर्न वैशाख १२ गते साधारण सभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवा रुपेन्देहीमा बस्नेछ । साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले चैत ३० गते एक दिन बुक क्लोज गर्ने भएको छ ।

प्रकाशित : २१ चैत्र २०८०, बुधबार ११:१०