काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार डेढ करोड कित्ता बढी बोनस सेयर सूचिकृत भएको छ । आज लक्ष्मी सनराइज बैंकको बोनस सेयर सूचिकृत भएको हो ।
आज लक्ष्मी सनराइज बैंकको ७ प्रतिशतले हुन आउने एक करोड ५१ लाख ६९ हजार १ सय ६६.५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सेयर सूचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी सेयर खरिद बिक्री गर्न सक्ने छन् ।
Comment