हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएका छन् । बैंकका ८ जना संस्थापकले १३ लाख २७ हजार ८६७ कित्ता बराबरको सेयर बिक्री गर्न लागेका हुन् ।

यसमा सेयर खरिद गर्न इच्छुक जो कोहीले आज चैत २० गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ । यसमा हिमालयन बैंककै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेताअनुसार फरकफरक रहेकाले मूल्यसम्बन्धी जानकारी बैंकको केन्द्रीय कार्यालयबाट लिनुपर्ने बैंकले जनाएको छ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रकाशित : २० चैत्र २०८०, मंगलवार ११:१०