सेयर बजारमा ६.२६ अंककाे गिरावट, काराेबार रकम दुई अर्ब ८७ करोडमा सिमित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

अर्थबजार स्टोरी

सेयर बजारमा ६.२६ अंककाे गिरावट, काराेबार रकम दुई अर्ब ८७ करोडमा सिमित



काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक ओरालो लागेको छ । आज बजार ६.२६ अंक घटेर २०१२.०७ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.९१ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अंक घटेको छ। नेप्सेसंगै आज कारोबार रकम पनि घटेको छ ।

अघिल्लो कारोबार दिन तीन अर्ब २० करोडको सेयर कारोबार भएको बजारमा आज ३१५ कम्पनीको ७२ लाख ९० हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य घटेको छ । आज होटल तथा पर्यटन ५९.७६ अंक बढेको छ भने बाकी बैंकिङ ४.३१, विकास बैंक २.८६, जलविद्युत १३.६६, वित्त १२.७१, जीबन बीमा १५.५१, माइक्रोफाइनान्स ५.३९ र निर्जीबन ४२.२० र उत्पादन तथा प्रशोधन २१.९७ अंकले घटेको छ । आज गुरास लघुवित्त वित्तिय संस्था र माई खोला हाइड्रोपावर कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, माहुली लघुवित्तको सेयरमूल्य पनि उच्च अंकले बढेको छ ।

कारोबारमा आएको रिभर फल्स पावरको सेयरमूल्यमा भने आज करिब नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सर्वाेत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ४७ करोड २९ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार १५:१८