दुई दर्जन बढी निर्माण कम्पनीलाई स्पष्टिकरण पेश गर्न सात दिने अल्टिमेटम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

दुई दर्जन बढी निर्माण कम्पनीलाई स्पष्टिकरण पेश गर्न सात दिने अल्टिमेटम



काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ । विभिन्न सार्वजनिक निकायबाट आएको सिफारीसको आधारमा कालोसूचीमा राख्न लागिएको हो ।

अनुगमन कार्यालयले कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ ।

यसअघि कार्यालयले ३० दिनभित्र स्पष्टिकरण दिन पत्र पठाउँदा पनि ती व्यवसायीले अटेर गरेपछि सोमबार सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरेको जनाएको छ ।

स्पष्टिकरण माग गरिएका २७ निर्माण कम्पनीमध्ये भारतका दुई र चीनको एक गरी तीन अन्तर्राष्ट्रिय र बाँकी २४ वटा नेपाली कम्पनी छन् ।

प्रकाशित : १९ चैत्र २०८०, सोमबार १३:२२