सेयर बजारमा सामान्य सुधार, दुई अर्ब ६५ करोडकाे काराेबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य सुधार, दुई अर्ब ६५ करोडकाे काराेबार



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य बढेर उकालो लागेको छ । आज बजार ४.७८ अंक बढेर २०३५.६४ विन्दुमा पुगेको हो। त्यसैगरी, आज फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।

आज ३१३ कम्पनीको दुई अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको ६६ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आज हिमालयन उर्जा विकास कम्पनी र सर्वोत्तम सिमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने हिमालयन हाइड्रोपावरको सेयरमूल्य पनि उच्च अंकले बढेको छ । त्यस्तै, आज कारोबारमा आएको उन्नती सहकार्य लघुवित्त र धौलागिरी लघुवित्तको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज सर्वोत्तम सिमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज १९ करोड ३७ लाख ६२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १५ चैत्र २०८०, बिहीबार १५:४८