हकप्रद बिक्री गर्न तेह्रथुम पावरले माग्यो अनुमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हकप्रद बिक्री गर्न तेह्रथुम पावरले माग्यो अनुमति



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ। यस कम्पनीले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डको स्वीकृति मागेको हो।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ। हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ ।

१०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित : १५ चैत्र २०८०, बिहीबार १३:४५