‘आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

‘आइएमई पे’ मार्फत विदेशबाट पठाएको रेमिट्यान्स प्राप्त गर्दा ५०० सम्म बोनस पाइने



काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले मनिग्राम मार्फत विदेशबाट पठाएको रेमिटेन्स प्राप्त गर्दा पाँच सय रुपैयाँ सम्म बोनस प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ ।

फागुन १० गतेबाट सुरु भएको सो अफर दुई महिनासम्म रहने कम्पनीले जनाएको छ । अफर अन्तर्गत विदेशमा रहेका सेवाग्राहीहरूले मनिग्राम मार्फत पठाएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पाँच सय रुपियाँसम्म बोनस पाउन सक्ने छन् ।

मनि ग्राम बाहेक अन्य रेमिटेन्स सेवाहरू अल अन्सारी, इजी रेमिट, इन्स्ट्यान्ट क्यास मार्फत पठाइएको रकम आइएमई पे मार्फत प्राप्त गर्दा पनि एक सय रुपियाँ बोनस प्राप्त गर्न सकिने छ ।

प्रकाशित : १४ चैत्र २०८०, बुधबार १०:१३