सेयर बजारमा दोहोरो अंककाे सुधार, काराेबार रकम भने सकेन बढ्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा दोहोरो अंककाे सुधार, काराेबार रकम भने सकेन बढ्न



काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ । आज बजार १०.१४ अंक बढेर २०४१.७० विन्दुमा पुगेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.८६ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२४ अंक बढेको छ।

नेप्से बढेपनि आज कारोबार रकम भने बढ्न सकेन । अघिल्लो कारोबार दिन दुई अर्ब ४८ करोडको सेयर कारोबार भएको बजारमा आज ३१० कम्पनीको ६८ लाख ४२ हजार कित्ता सेयर किनबेच हुदाँ दुई अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा अधिकांश कम्पनीको सेयर मुल्य बढेको छ । आज बैंकिङ ०.४९, विकास बैंक २०.४९, होटल तथा पर्यटन २४.५१, जलविद्युत ३९, माइक्रोफाइनान्स १६.६३ र निर्जीबन २.१३ अंकले बढेको छ । उत्पादन तथा प्रशोधन १४५.८७ अंक बढेको छ । साथै वित्त १.१७, जीबन बीमा १९.२०, अंक घटेको छ ।

आज दोल्टी पावर कम्पनी र सर्वोत्तम सिमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, विन नेपाल लघुवित्तको सेयरमूल्य पनि उच्च अंकले बढेको छ । कारोबारमा आएको धौलागिरी लघुवित्तको सेयरमूल्य भने आज सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज नौं करोड ३१ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार १५:४०