चैत्र १६ गतेदेखि नेपालमै पहिलो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै, नयाँ सिक्नेका लागि पनि अबसर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चैत्र १६ गतेदेखि नेपालमै पहिलो नेशनल हर्टिकल्चर एक्स्पो हुँदै, नयाँ सिक्नेका लागि पनि अबसर



काठमाडौं । नर्सरी व्यवसायी संघले आगामी चैत्र १६ गतेदेखि १९ गते सम्म प्रथम नेशनल हर्टिकल्चर एक्स्पो २०८० आयोजना गर्ने भएको छ। संघले भृकुटीमण्डप प्रदर्शनी हलमा समग्र नर्सरी क्षेत्रको एकिकृत महाकुम्भ मेलाको रुपमा यस वर्ष देखि पुष्प, फलफूल, कृषिवन तथा जडिबुटी नर्सरीका व्यवसायीक उत्पादनहरुको वृहत प्रदर्शनी गर्ने भएको हो ।

मेलाले आर्थिक मन्दिले सुस्ताएका हरित अर्थतन्त्र विकासमा संलग्न उद्यमी व्यवसायीहरु तथा यस व्यवसाय प्रति अभिरुचि राख्ने अझ भन्ने हो भने समग्र कृषि क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्ने सपना देखिरहेको उद्यमी व्यवसायी तथा जिज्ञासु साथै अध्ययन अनुसन्धानमा संलग्न व्यक्तित्वहरुलाई एकपटक उत्साहित र झंकृत गर्ने विश्वास आयोजक मण्डलले लिएको जनाएको छ। ।

मेलामा सम्भव भए सम्म देशभरिबाट पुष्प नर्सरी, फलफूल नर्सरी, कृषि वन नर्सरी तथा जडिबुटी नर्सरीको ७०० भन्दा बढि प्रजातीका बोटविरुवाहरु प्रदर्शनी तथा विक्रि वितरणको लागि राखिने भएको छ । साथै मलखाद, अर्गानिक एवं रासायनिक बिषादी, विउ विजन, औजार उपकरण तथा प्रविधिहरुको समेत स्टल रहने छ ।

मेलामा ७४ वटा व्यवसायीक स्टल, ४ वटा फुड स्टल, ७ वटा अफिसियल स्टल तथा प्रतिष्पर्धाको ५ वटा स्टल समेत जम्मा ९० वटा स्टल रहने जनाइएको छ। यस मेला बृहत साझा मञ्च हुने जनाइएको छ। नर्सरी व्यवसाय गर्न चाहने नव उद्यमी, जिज्ञाशु एवं अध्ययन अध्यापन साथै अनुसन्धान गर्नेका लागि मेला बृहत साझा मञ्च हुने जनाइएको छ ।

एक्सपाे गर्ने ठाउँकाे हल भाडा मह्गाे र अन्य सजावटमा खर्च बढी हुने भएकाले प्रति स्टल २५ हजार स्टल भाडा लिएर व्यवसयीलाइ दिएकाे नर्सरी व्यवसायी संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले बताए । साथै उनले यस एक्सपाेमा नयाँ सिक्न चाहनेहरुका लागि परामर्श केन्द्र पनि राखिने जानकारी दिए । अाफ्ना घरमा भएको फलफुलका बोट, फुल लगायतमा कुनै समस्या देखिएकाे छ भने एक्सपाेमा ती बिरुवाको फाेटाे हेरी तत्काल समस्या समाधान गरिने उनले बताए ।

एक्सपाे कम्तीमा ५० हजार अवलोकन कर्ताले अवलोकन गर्ने साथै १ करोड भन्दा बढीको आर्थिक कारोवार हुने अपेक्षा गरिएको छ। मेला अवलोकन गर्न सर्वसाधारणको लागि प्रवेश शुल्क प्रति व्यक्ति १०० र विद्यार्थीहरु र जेष्ठ नागरिकको लागि प्रति व्यक्ति ५० रुपैंया शुल्क रहेको छ ।

एक्स्पोको अवसरमा लामो समय देखि निरन्तर नर्सरी व्यवसाय गरि यस क्षेत्रको विकासमा टेवा पुर्याउने पुराना व्यवसायीहरु मध्यबाट एक जनालाई “दिर्घकालीन क्रियाशिल नर्सरी व्यवसायी सम्मान” द्वारा सम्मान गर्ने भएको छ । साथै नर्सरी संग सम्बन्धित वस्तु स्वदेश मै उत्पादन गरि आत्मनिर्भर बनाउन व्यवसायीहरुलाई उत्प्रेरणा जगाउने उद्देश्यको लागि नर्सरी व्यवसायी मध्यबाट १ जनालाई “वर्षको विशेष उत्पादनमुखी नर्सरी व्यवसायी सम्मान” द्वारा सम्मान गर्ने भएको छ ।

साथै नेपालको कृषि क्षेत्रको उन्नयनको लागि कलम चलाइ कृषकको आवाज बुलन्द गर्न क्रियाशिल कृषि सञ्चारकर्मीहरु मध्य २ जनालाई दोसल्ला, नगद तथा प्रमाणपत्र द्वारा उद्घाटन समारोहका प्रमुख अतिथीबाट सम्मान गरिने कार्यक्रम रहेको छ ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार १५:२२