एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

एशियन पेन्ट्सले इन्द्रचोकमा मनायो फागु पुन्ही या भिन्तुना



काठमाडौं । नेपालको पेन्ट बजारको एशियन पेन्ट्सले इन्द्रचोकमा रङ्गको पर्व होली मनाएको छ । पेन्ट्सले कुटुम्ब ब्यान्डको सहकार्यमा काठमाडौं महानगरपालिका वडा नम्बर २४ इन्द्रचोकमा रङ्गको पर्व फागु पुन्ही या भिन्तुना होली मनाएको हो ।

नेपाली संस्कृति र समुदायको पहिचान झल्काउने उद्देश्यका साथ सांस्कृतिक कुटुम्बको सहकार्यमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

कुटुम्ब ब्यान्डको सांस्कृतिक प्रस्तुतिमा आइतबार दिउँसो १ बजेबाट सुरु भएको कार्यक्रम दिउँसो ४ बजेसम्म चलेको थियो । सांगीतिक प्रस्तुतीबाहेक सहभागीहरूले फोटोबुथ र एशियन पेन्ट्स बाथसेन्सको ओपन शावरको पनि मजा लिएका थिए ।

कार्यक्रममा एशियन पेन्ट्स नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णनले भने, ‘सामाजिक सद्भाव र एकता बढाउने यस होली पर्वमा कार्यक्रम आयोजना गर्न पाएकोमा हामी निकै हर्षित छौं । काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डसँग होली मनाउन पाउँदा हामीले गौरवान्वित महसुस गरेका छौं । हामी सहभागीहरूको उत्साहजनक प्रतिक्रिया देखेर निक्कै खुसी छौं, र हाम्रो यो विविधतालाई प्रवर्द्धन गर्न यो प्रयास जारी राख्ने आशा गर्दछौं ।’

अघिल्लो वर्षझैँ काठमाडौं महानगरपालिका वडा नम्बर २४ र कुटुम्ब ब्यान्डकासँगको सहकार्यमा भएको कार्यक्रमले यस पाली पनि भरपुर सफलता पाएको आयोजकले बताए ।

प्रकाशित : १३ चैत्र २०८०, मंगलवार १०:५७