माछापुच्छ्रे बैंककाे संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउँछ ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

मुख्य समाचार

माछापुच्छ्रे बैंककाे संस्थापक सेयर बिक्रीमा, कसले किन्न पाउँछ ?



काठमाडौं । माछापुच्छ्रे बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ । बैंकका संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।

यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत १२ गते) बाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा के कति सेयर खरिद गर्ने सो को व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।

प्रकाशित : १२ चैत्र २०८०, सोमबार ११:२९