काठमाडौं महानगरले सुक्खा फोहोर बेच्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

काठमाडौं महानगरले सुक्खा फोहोर बेच्ने



काठमाडौं । काठमाडौं महानगरपालिकाले सुक्खा फोहोर बिक्री गर्ने भएको छ । महानगरको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै महानगरमा संकलन हुने सुक्खा फोहोर बिक्री गरि आय संकलन गर्ने प्रस्ताव आह्वान गरेको हो ।

काठमाडौं महानगरपालिकाको कार्यालयले विभिन्न वडाबाट टेकू ट्रान्सफर स्टेसनमा दैनिक रुपमा संकलन हुने सुक्खा फोहोरको विभिन्न अवयवहरु बिक्री गर्नका लागि प्रस्ताव आह्वान गरेको जनाएको छ । महानगरकाअनुसार न्यूनतम दररेटमा बढाबढमा बोलकाबेल गरी सुक्खा फोहोर गरिद गर्न चाहनेलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

सूचनाकाअनुसार आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका इच्छुक व्यक्ति, कम्पनी तथा फर्महरुलाई सूचना प्रकाशित भएको मितिबाट आगामी ३० दिनभित्र प्रस्ताव पेश गर्न महानगरले आह्वान गरेको छ ।

प्रकाशित : ९ चैत्र २०८०, शुक्रबार १२:०९