नेप्सेमा ५९ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेमा ५९ लाख ५७ हजार कित्ता बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ५९ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ र आज नेप्सेमा घोराही सिमेन्टको १५ प्रतिशत बोनस सेयर अर्थात ५९ लाख ५७ हजार ८५१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आवका लागि १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । यहि बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृत भएसँगै अब आइतबारदेखि उक्त बोनस सेयरहरु नेप्सेको दोस्रो बजारमा कारोबारमा आउनेछन् ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार १६:५४