सेयर बजारमा १५.३७ अंककाे गिरावट, कारोबार रकम भने बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा १५.३७ अंककाे गिरावट, कारोबार रकम भने बढ्यो



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार राताम्मे बनेको छ । आज बजार १५.३७ अंकले घटेर परिसूचक २०४८.५७ बिन्दु कायम भएको छ ।

३१५ कम्पनीको एक करोड ८५ लाख ५२ हजार ७०५ कित्ता सेयर चार अर्ब ३१ करोड ३० लाख १७ हजार ७१३ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचक घटेको छ । बजार राताम्मे हुँदा पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा सर्वोत्तम सिमेन्ट, किसान लघुवित्त वित्तीय संस्था, कर्णाली विकास बैंक, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् ।

कारोबारमा बुद्धभुमी नेपाल हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । यस्तै गोर्खाज फाइनान्स, बोटलर्स नेपाल बालाजु, गुँरास लघुवित्त वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंकको संस्थापक सेयर शीर्ष स्थानमा रहेको छ। यस बैंकको आज एक अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक सेयर कारोबार भएको छ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार १६:५०