मैलुङखोला जलविद्युतको सेयर कारोबार राेक्का, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मैलुङखोला जलविद्युतको सेयर कारोबार राेक्का, तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्च नेप्सेले मैलुङ खोला जलविद्युत कम्पनीको सेयर कारोबार राेक्का गरेको छ । कम्पनीले लाभांश सम्बन्धी सूचना ढिला जानकारी गराएपछि कारोबार स्थगन गरेको हो ।

कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांशको निर्णय गरेको थियो । सो निर्णयको सूचना बिहीबार कारोबार खुल्नुअघि नै नेप्से र लगानीकर्तालाई जानकारी गराउनुपर्नेमा कारोबार सुरु भइसकेपछि ११ः १७ बजे मात्रै जानकारी प्राप्त भएको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण नियमावली,२०७५ को विनियम २२(१)मा भएको व्यवस्था अनुसार धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा जानकारी गराउनुपर्ने व्यवस्था रहेको छ ।

कम्पनीले उक्त विनयममा भएको व्यवस्था पालना नगरेकाले उक्त विनयमावलीको विनयम १६(१)(ख)मा भएको व्यवस्था अनुरुप चैत ८ गतेको निर्णयअनुसार कम्पनीको धितोपत्र कारोबार स्थगित गरिएको हो । यस्तै नेप्सेले ३ कार्यदिनभित्र के कति कारणले समयमै जानकारी दिन नसकिएको भन्ने बारे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार १५:०२