पिपुल्स हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, चैत ३० गते डाक्याे साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पिपुल्स हाइड्रोपावरले हकप्रद निष्काशन गर्ने, चैत ३० गते डाक्याे साधारणसभा



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले चैत ३० गते वार्षिक साधारण सभा डाकेको छ । सभा क्वालीटी बैंक्वेट, बुद्धनगर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीले हाल कायम चुक्ता पुंजीको २:१ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने मुख्य एजेन्डा पेश गर्नेछ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । सभामा आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभामा संस्थापक सेयरधनीहरुको तर्फबाट ५ जना सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ । आर्थिक वर्ष २०८०–८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

सभा गर्न कम्पनीले चैत १५ गते बुक क्लोज गर्ने भएको छ । चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : ८ चैत्र २०८०, बिहीबार ११:०९