सेयर बजारमा सामान्य अंककाे गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य अंककाे गिरावट



काठमाडौं । मंगलबार सेयर बजारमा सामान्य अंकले ओरालो लागेको छ । आजबजार ६.२४ अंकले घटेर परिसूचक २०६७.२९ बिन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.१६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक घटेको छ।

३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता सेयर तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार ५५४ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा माइक्रोफाइनान्स ७९.०४, जीवन बिमा ७.१०, वित्त समूहको उपसूचक ४०.८९ अंकले बढेको छ। साथै, कारोबारमा बैंकिङ समूहको ८.७३, विकास बैंक ३०.३४, होटल ३१.२०, जलविद्युत १२.३५, उत्पादत तथा प्रशोधन ९५.९४, निर्जीबन बिमा ३३.८९, ट्रेडिङ समूहको उपसूचक ३७.६७ अंकले घटेको छ ।

कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बुद्धभुमि नेपाल हाईड्रोपावर, सर्वोत्तम सिमेन्ट, धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । कम्पनीको २५ करोड ९७ लाख २२ हजार ३६७ रुपैयाँको सेयर किनेबच भएको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलवार १५:४२