कुमारी सबल योजनाको इकाई नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी सबल योजनाको इकाई नेप्सेमा सूचीकृत



काठमाडौं । कुमारी सबल योजना नेप्सेमा सूचीकृत भएको छ । कुमारी लगानी कोष अन्तर्गत रहेको ‘कुमारी सबल योजना’को सात करोड ४४ लाख ७५ हजार ७० इकाई नेप्सेमा सूचीकृत भएको हो ।

गत माघ २८ गतेदेखि फागुन १३ गतेसम्म यस योजनाको इकाई बिक्री खुला गरिएको थियो । कुमारी क्यापिटलले कुमारी सबल योजनाको कुल १० करोड इकाई बिक्री खुला गरेको थियो ।

जसमध्ये बिक्री भएको इकाई मात्र सूचीकरण गरिएको हो । यस फन्डको इकाई कारोबारका लागि नेप्सेले ‘केएसवाइ’ संकेत दिएको छ ।

प्रकाशित : ६ चैत्र २०८०, मंगलवार १२:०२