सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वोत्तम सिमेन्टको आइपिओ नेप्सेमा सूचीकृत



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ नेप्सेमा सूचीकृत भएको छ। सोमबार कम्पनीको चार करोड ६५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ता सेयरधनीहरु (बैदेशिक रोजगारीमा रहेका नेपाली, उद्योग प्रभावित स्थानीय बासिन्दाहरु, सामुहिक लगानी कोष र कर्मचारीहरुसमेत) लाई वितरण गरेको ६० लाख कित्ता सेयर र संस्थापक सेयरधनीहरुले लगानी गरेका चार करोड पाँच लाख कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो।

कम्पनीको सेयरलाई नेप्सले पहिलो कारोबारको लागि न्युनतम १८५ रुपैयाँ ३६ पैसादेखि ५५६ रुपैयाँ ०८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर मंगलबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

कम्पनीको शेयरलाई नेप्सेले एसएआरबिटिएम कारोबार संकेत प्रदान गरेको छ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार १८:१४