कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं। कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको सेयर संस्थापक सेयरधनी र सर्वसाधारण दुवैका लागि खरिद आवेदन खुलाएको हो ।

बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको एक लाख ५८ हजार ३६३ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरुका लागि र तीन हजार ५८७ कित्ता सेयर आम सर्वसाधारणका लागि बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

एक लाख ५८ हजार ३६३ कित्ता सेयरका लागि तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रकाशित : ५ चैत्र २०८०, सोमबार ११:१९