नेप्से घट्ने क्रम जारी,कारोबार रकम झनै खुम्चँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से घट्ने क्रम जारी,कारोबार रकम झनै खुम्चँदै



काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक ओरालो लागेको छ । आज नेप्से परिसूचक १०.६२ अंक घटेर २०७०.२५ विन्दुमा रोकिएको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.५५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४४ अंक घटेको छ।

नेप्सेसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार करिब चार अर्बको सेयर कारोबार भएको बजारमा आज ३०४ कम्पनीको ८४ लाख छ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, गुराँस लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तिय संस्थाको सेयरमूल्य पनि उच्च अंकले बढेको छ । आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य सर्वाधिक घटेको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ४१ करोड ६४ लाख १७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : ४ चैत्र २०८०, आईतवार १५:४४