रोजगारीका लागि फागुनमा साढे ६५ हजार विदेशिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

रोजगारीका लागि फागुनमा साढे ६५ हजार विदेशिए



काठमाडौं । रोजगारीका लागि नेपालीहरु विदेशिने क्रम बढेको छ । वैदैशिक रोजगार विभागको तथ्यांक अनुसार फागुनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेको सख्या ६५ हजार छ सय ५८ पुगेको छ ।

योसँगै चालु आर्थिक वर्ष (आव) २०८०/८१ आठ महिनामा नयाँ तथा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या चार लाख ७१ हजार दुई सय १० पुगेको छ । नेपालबाट हरेक दिन औसत दुई हजार नेपाली काम खोज्दै विदेशिने गरेका छन् ।

फागुनमा काम खोज्दै विदेशिनेमध्ये छ हजार सात सय ६८ महिला छन् । यस अवधिमा सबैभन्दा बढी नेपालीहरुको आकर्षण युनाइटेड अरब इमिरेट्स (यूएई) मा रहेको तथ्याङ्कले देखाउछ । फागुनमा मात्र १८ हजार सात सय सात श्रम स्वीकृति यूएईका लागि भएको छ ।

साउदी अरबमा १३ हजार दुई सय ६७, कतार ११ हजार तीन सय ९० र मलेसियामा आठ हजार चार सय १७ श्रम स्वीकृति जारी भएको तथ्यांकमा देखिएको छ ।

यो महिना कुवेतमा मात्र तीन हजार दुई सय छ जना, जापान एक हजार तीन सय ६०, कोरिया सात सय ३०, रोमानिया एक हजार सात सय ८४, मौरिसस आठ सय ५९ र क्रोएसियामा नौं सय १५ श्रम स्वीकृति जारी भएको विभागले जनाएको छ ।

प्रकाशित : २ चैत्र २०८०, शुक्रबार १५:५५