नेप्से ओरालाे लाग्ने क्रम जारी, काराेबार रकम पनि घट्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से ओरालाे लाग्ने क्रम जारी, काराेबार रकम पनि घट्दै



काठमाडौं । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज बजार २७.८४ अंक घटेर २०८०.८७ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ४.८३ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.९१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० अंक घटेको छ।

आज ३०३ कम्पनीको एक करोड १४ लाख ८३ हजार कित्ता सेयर किनबेच हुदाँ तीन अर्ब ९४ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारमा आज अधिकांश सूचक राताम्मे भएका छन् । बैंकिङ समूह १२.९३, बिकास बैंक ५४.६९, बित्त २०.९६, होटल तथा पर्यटन ४७.०१, जीवन बीमा २८६.९९, माइक्रोफाइनान्स ८२.५१, जलविद्युत १६.१४, उत्पादन तथा प्रशोधन समूहको उपसूचक ७५.४५ र निर्जीबन बिमा समूहको उपसूचक १८८.१९ अंकले घटेको छ ।

नेप्सेमा आज विन नेपाल लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यसैगरी, आज गुराँस लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य पनि उच्च अंकले बढेको छ । आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोशी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज ५० करोड ८९ लाख आठ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार १५:२४