नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने



काठमाडौं । नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने भएको छ। बैंकको बिहिबार बसेको संचालक समितिको बैठकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त भएका खण्डमा ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर निष्काशन गर्ने निर्णय गरेको हो ।

बैंकले १०० का दरले ५ करोड इकाई अर्थात ५ अर्ब बराबरको ८ प्रतिशत लाभांश दर कायम गरी मुनाफा भएको बर्ष मात्र मुनाफा वितरण हुने र शेयरको रकम फिर्ता नहुने (Perpetual) प्रकृतिको अग्राधिकार शेयर व्यक्तिगत तवर (Private Placement) बाट मात्र बिक्री गरिने गरि जारी गर्ने (Issuance of 8% Perpetual Non-Cumulative 50 Million units of Preference Share @ Rs. 100 per share Amounting Rs. 5 Billion through Private Placement) पस्ताव गरेको हो।

त्यस्तै बैंकले नेपाल राष्ट्र बैंक लगायत नियमनकारी निकायको स्विकृति प्राप्त गरे पश्चात् ८ ५ नबिल डिबेन्चर २०८९ (८ बर्ष अवधिको) जारी गर्ने प्रस्ताव पनि गरेको छ ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार १४:२३