रु रु जलविद्युत परियोजनाको शेयरको लकइन अवधि सकिँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

रु रु जलविद्युत परियोजनाको शेयरको लकइन अवधि सकिँदै



काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको संस्थापक सेयरको लकइन अवधि २०८१ वैशाख ३ गतेबाट सकिने भएको छ । कम्पनीको संस्थापक सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको सेयर र कर्मचारीलाई सुरक्षित गरिएको सेयरको लक्इन अवधि वैशाख ३ गतेबाट सकिने भएको हो ।

कम्पनीको संस्थापक समुहको ३९ लाख ४५ हजार आठ सय ८८ कित्ता सेयर, आयोजना प्रभावितलाई निष्काशन गरिएको चार लाख ८९ हजार दुई सय ४५ कित्ता सेयर र कर्मचारीलाई सुरक्षित गरिएको नौं हजार आठ सय ५८ कित्ता सेयरको लक्इन अवधि वैशाख ३ गते सकिने भएको हो । कम्पनीको कुल ४४ लाख ४४ हजार नौं सय ९१ कित्ता सेयरको लकइन अवधि सकिन लागेको हो ।

कम्पनीको आईपीओ २०७८ वैशाख ३ गते बाडफाँड भएको थियो ।

प्रकाशित : १ चैत्र २०८०, बिहीबार ११:३४