धितोपत्र ब्रोकर्स एशोसिएसनले विश्व वित्तीय सप्ताहको अवसरमा निबन्ध प्रतियाेगिता आयोजना गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र ब्रोकर्स एशोसिएसनले विश्व वित्तीय सप्ताहको अवसरमा निबन्ध प्रतियाेगिता आयोजना गर्दै



काठमाडौं । धितोपत्र ब्रोकर्स एशोसिएसनले आगामी  चैत्र ०५ देखि ११ गतेसम्म विश्व वित्तीय सप्ताह मनाउने भएकाे छ । खासगरी किशोर तथा युवाहरुमा वित्तीय शिक्षाको महत्व सम्बन्धमा जागरण ल्याउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो ।

एशोसिएसनले याे कार्यक्रम हरेक वर्ष Organization of Economic Cooperation and Development (OECD) को आयोजना तथा नेपाल राष्ट्र बैंकको संयोजनमा मनाउने गरेकाे छ ।

यस वर्षको विश्व वित्तीय सप्ताहको अवसरमा धितोपत्र ब्रोकर्स एशोसिएसन नेपालले “Initiatives in fostering financial literacy in Capital Market of Nepal” विषयमा निबन्ध प्रतियोगिता आयोजना गर्ने भएको छ । 

जसमा नेपाल सरकारबाट अनुमति प्राप्त विश्वविद्यालयहरुबाट अनुबन्धित कलेजहरुमा स्नातक तहमा अध्ययनरत ईच्छुक विद्यार्थीहरुले पनि  सहभागिताका जनाउन सक्ने छन् । यसका लागि नियमहरु पालना गर्नुपर्नेछ ।

प्रतियोगिता सम्बन्धी नियमहरु

१. निबन्ध बढीमा २००० (दुई हजार) शब्दको हुनुपर्नेछ ।

२. निबन्ध लेख्ने विद्यार्थीको नाम, थर र कलेजको नाम एवं कक्षा स्पष्ट लेखिएको हुनुपर्नेछ ।

३. निबन्ध पठाउँदा सादा पानामा हस्तलिखित हुनुपर्नेछ र सम्बन्धित कलेजको छाप लगाई कलेजबाट प्रमाणित गरी स्क्यान गरेर तल दिइएको इमेल ठेगानामा पठाउनु पर्नेछ । साथै कलेजबाट सहभागिताका लागि सिफारिस गरिएको पत्र समेत संलग्न गरिएको हुनुपर्नेछ । अन्यथा त्यस्तो निबन्धलाई प्रतियोगितामा समावेश गरिनेछैन ।

४. निबन्ध नेपाली वा अंग्रेजी मध्ये कुनै एक भाषामा हुनुपर्नेछ ।

५. प्रत्येक कलेजबाट बढिमा २/ २ जना छात्र तथा छात्राको सहभागिता हुनुपर्नेछ ।

६. निबन्ध मिति २०८० चैत्र ७ गते साँझ ५ बजेसम्म यस कार्यालयको ईमेल ठेगाना [email protected] मा आई पुग्नेगरी पठाउनु पर्नेछ ।

७. प्राप्त निबन्धहरु मुल्यांकन समितिबाट मुल्यांकन गरी नतिजा प्रकाशन गरिनेछ ।

पुरस्कारका लागी प्रथम पुरस्कार प्राप्त गर्ने एक जनालाई ५० हजार र प्रमाणपत्र, द्वितीय पुरस्कार प्राप्त गर्ने एक जना २५ हजार र प्रमाणपत्र र तृतीय पुरस्कार एक जना १० हजार र प्रमाणपत्र प्रदान गरिने एशोसिएसले जनाएकाे छ ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार २१:००