धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालकाे अध्यक्षमा सागर ढकाल निर्वाचित



काठमाडाैं । धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाल (डिब्यान)को अध्यक्षमा सागर ढकाल निर्वाचित भएका छन ।एसोसिएसनको प्रथम वार्षिक साधारण सभाबाट आगामी ४ वर्षका लागि ढकालको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

सोही साधारण सभाबाट एसोसिएसनको बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिबमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल निर्बाचित भएका छन् ।

कार्यसमिति सदस्यमा अधिवक्ता बिष्णु गिरीसहित ८ जना निर्वाचित भएका छन् । काठमाडौंमा भएको साधारण सभाबाट अधिवक्ता गिरी सहित १३ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित भएको हो ।

सो साधारण सभाको उद्घाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा.नवराज अधिकारीले गरेका थिए भने नेप्सेका कार्यकारी प्रमुख कृष्णबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित : ३० फाल्गुन २०८०, बुधबार १८:५७