सेयर बजारमा सामान्य करेक्सन, काराेबार रकम पनि घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयर बजारमा सामान्य करेक्सन, काराेबार रकम पनि घट्याे



काठमाडौं । पछिल्लो केही दिनदेखि उकालो लागिरहको सेयर बजारमा बुधबार सामान्य करेक्सन देखिएको छ। बुधबार नेप्से परिसूचक २.४८ अंक घटेर २१०८.७२ विन्दुमा झरेको हो। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ०.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ।

आज ३१० कम्पनीको एक करोड आठ लाख ८९ हजार कित्ता सेयर किनबेच हुदाँ चार अर्ब २४ करोड ८५ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आज बिकास बैंक १४.६०, बित्त ४३.९३, जीवन बीमा १०.५८, माइक्रोफाइनान्स १७.५१ अंक बढेको छ भने बैंकिङ समूहको १.१४, होटल तथा पर्यटन ६१.७५, जलविद्युत २८.३१, उत्पादन तथा प्रशोधन समूहको उपसूचक १०.०४ र निर्जीबन बिमा समूहको उपसूचक ६१.५१ अंकले घटको छ ।

त्यस्तै नेप्सेमा आज विन नेपाल लघुवित्तको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। साथै, अप्पर तामाकोशीको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको आज २५ करोड ५३ लाख ८३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

प्रकाशित : 13 March, 2024 3:27 pm